राजनीति


एक हप्ताभित्र मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन एमाले सांसदलाई निर्देशन

एक हप्ताभित्र मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन एमाले सांसदलाई निर्देशन

नेपालखबर
चैत ११, २०७७ बुधबार ६:३७,

नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक सम्पन्न भएको छ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधित विधान पारित गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन समेत दिएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक बसेको प्रदेश १ को संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ।

सुवेदीले बैठकमा नेपाल–खनाल पक्षका सांसदहरु पनि उपस्थित भएको बताए। मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका सांसद बैठकमा उपस्थित भएको उनले बताए।

उनले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका सांसद टंक आङ्बुहाङ दलको बैठकमा उपस्थित भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad