राजनीति


संसदीय दलको बैठक नसकिँदै खनाल बाहिरिए, पार्टी एकता जोगाउन ओलीलाई आग्रह

संसदीय दलको बैठक नसकिँदै खनाल बाहिरिए, पार्टी एकता जोगाउन ओलीलाई आग्रह

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ११:५,

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता खनालले विभाजनमा जाँदा कसैको पनि हित नहुने बताएको एक सांसदले बताए।

उनले सर्वोच्च अदालतले एमालेलाई पुरानै अवस्थामा फर्काएका कारण यो बीचमा भएका सबै निर्णय खारेज गरेर अगाडि बढ्नुपर्ने बताएको ती सांसदले बताए।

‘सर्वोच्च अदालतले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कादिएको हो, पार्टी एकतालाई जोगाउने हो भने त्यही फर्किनुको विकल्प छैन’, खनालको भनाई उद्धृत गर्दै ती सांसदले नेपालखबरसँग भने, ‘यो बीचमा भएको सबै निर्णयहरु खारेज गर्नुपर्छ।’

नेता खनालले स्थायी, पोलिटब्युरो, केन्द्रीयदेखि जिल्ला तहसम्म सबै कमिटीका बैठक आयोजना गर्न आग्रह समेत गरेका थिए।

‘स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटीदेखि सवै कमिटिहरुको बैठक आयोजना गरेर संस्थागत निर्णय गरेर अगाडि बढ्नुपर्छ’, खनालले भनाई उद्धृत गर्दै ती सांसदले भने।

खनालले आफ्नो भनाइ राख्दा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएको ती सांसदले बताए।

वरिष्ठ नेता खनाल बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका हुन्। बैठक अहिले पनि जारी छ। नेपाल–खनाल समूहका अन्य सांसदहरु भने बैठकमै रहेको ती सांसदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad