प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकसाथ शिलान्यास गरेका १६५ सडकमध्ये आफ्नै टोलको थोत्रो सडक पनि परेको लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले गरेका छन्।
शिलान्यासको भोलिपल्ट आइतबार बिहानै सामाजिक सञ्जालमार्फत साहित्यकार संग्रौलाले प्रधानमन्त्रीले टोलवासीलाई पत्तै नदिई आफ्नो टोलको थोत्रो र कोत्र्याके सडक पनि शिलान्यास गरेको भनेर दाबी गरेका हुन्।
‘ओली सरले कुन कुन सडक गनेर त्यतिका १६५ थान सडकको एक्कैचोटि झ्याप्पै शिलान्यास गरे होलान् भनी म छक्क पर्याथें,’ संग्रौलाको दाबी छ, ‘मेरै टोलको थोत्रो कोत्र्याके सडकको शिलान्यास गर्न पनि भ्याएछन्। टोलवासीलाई पत्तै नाइँ !’
संग्रौलाको घर काठमाडौंको चाबहिलमा छ।

प्रतिक्रिया