नेकपा एमालेको माधव नेपाल समूहद्वारा गठित बागमती प्रदेश कमिटीमा सदस्य राखिएका दुई नेताले पद अस्वीकार गरेका छन्।
नेपाल पक्षले मंगलबार घोषणा गरेको बागमती प्रदेशको समानान्तर कमिटीमा राखिएका धनबहादुर घले र डा. रामकुमार अधिकारीले संयुक्त विज्ञप्ति जारी गरी त्यसमा आफूहरूको असहमति रहेको जानकारी दिएका हुन्। घले संविधानसभा सदस्य तथा अधिकारी बागमती प्रदेश सभा सदस्यसमेत हुन्।
२०७० मा भएको संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित घले र २०७४ मा भएको प्रदेश सभा चुनावमा त्यही क्षेत्रबाट निर्वाचित अधिकारी नेकपा विभाजनका बेला प्रचण्ड–नेपाल पक्षमा उभिएका थिए।
विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘विभिन्न सामाजिक सञ्चालमार्फत आएको जस्तो नेकपा एमाले बागमती प्रदेश कमिटीको समानान्तर कमिटीमा हामी दुई जनासमेत सदस्य रहेको भन्ने सुन्नमा आएकाले उक्त प्रदेश कमिटीमा हामी नरहेको/नभएको बेहोरो जानकारी गराउँछौं।’
हेर्नुहोस्, विज्ञप्ति :

Shares

प्रतिक्रिया