ad ad

राजनीति


चिनियाँ सेनाबाट आक्रमणको खतरा बढेपछि ताइवानले दोङ्सा टापुमा गर्दै युद्ध अभ्यास

चिनियाँ सेनाबाट आक्रमणको खतरा बढेपछि ताइवानले दोङ्सा टापुमा गर्दै युद्ध अभ्यास

नेपालखबर
चैत २८, २०७७ शनिबार ११:१३,

चीनले दोहोर्याउँदै ताइवानको हवाई तथा जल क्षेत्रमा हवाई सेना तथा नौसेना पठाउने गरेका छन्।

पछिल्लो समय त यस्तो भड्किलो गतिविधि ज्यादै बढ्दै जाँदा उसले ताइवानका साना टापुहरुमा जासूसी गर्नका लागि ड्रोन पठाउने पाइएको छ।

दोङ्सा टापु वरपर चिनियाँ ड्रोनहरु उड्न थालेपछि ताइवानले सोही टापुमा युद्ध अभ्यास गर्ने भएको हो।

ताइवानको तटरक्षक प्रशासनले शुक्रबार भनेको छ,‘आगामी अप्रिल २५ र मे ५ मा दुईपटक युद्ध अभ्यास हुनेछ। हामीले यसबारे सम्बन्धित अधिकारीहरुलाई जानकारी दिइसकेका छौं। हामीले माझीहरुको डुंगा तथा कुनै पनि विमान सो दिन त्यस वरपर नआउन भनको छौं।’

दुवै पटकको युद्ध अभ्यास बिहान ८ देखि ९ बजेसम्म सुरुवात हुनेछ। रकेट, तोप, लडाकु विमानजस्ता हतियारहरु सो क्रममा परीक्षण हुनेछन्।

वास्तवमा चीन ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दछ। तर ताइवानले आफू स्वतन्त्र राष्ट्र भएकाले चीनको हस्तक्षेप स्वीकार्य नहुने बताउँदै आएको छ।

यस क्रममा अमेरिका र ताइवानको सम्बन्ध बढ्दै जाँदा चीन दुवैसँग रुष्ट बनेको छ। चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष ताइवान आफ्नो भूमि भएको र यसलाई स्वतन्त्र हुन चीनले कहिल्यै नदिने बरु शक्ति प्रदर्शन गरेर कब्जा गर्ने चेतावनी दिएका थिए।

चीन र ताइवानबारे तथ्य
–सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

–तर ताइवान आफ्नो भएको बताउने बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

–बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

–ताइवानलाई साथ दिने अमेरिकाले एक चीन नीतिमा समर्थन जनाएको छ। जसकारण ताइवानसँग उसले स्वतन्त्र कुटनीतिक सम्बन्ध जोडेको छैन। (एससीएमपी)

याे पनि: अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय

ताइवान कब्जा गर्छु भन्ने चीनले उसको आकाश र समुद्री क्षेत्रमा गएर गर्‍यो शक्ति प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .