मरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई सम्बोधन गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिएका हुन्।
नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा मंगलबार शुभकामना सन्देश जारी गर्दै मरिसनले भनेका छन्,‘नेपाली नयाँ वर्ष अस्ट्रेलियाली समुदायका लागि नेपालको मौलिक संस्कार र संस्कृति अनुभव गर्ने अवसर हो। अस्ट्रेलियाको युवा र ऊर्जावान समुदायको रूपमा तपाइँहरु हुनुहुन्छ, तपाइँहरुसँग सहकार्य गर्न धेरै बाँकी छ।’
उनले कोरोना भाइरसको प्रकोपको अवस्था भएकाले सुरक्षित भएर नयाँ वर्ष मनाउन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया