नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ।
उक्त पार्टीका पोलिटव्यूरो सदस्य कृष्ण प्रसाद धमला (गम्भिर) को नेतृत्वमा पार्टी विभाजन भएको हो।
नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ।
'बाँकी अधुरो क्रान्ति' सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो। विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको उनीहरुको बुझाई छ।
'आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्यायाउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं। तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रबृत्ति हावी छ', धमलाले भनेका छन्।
सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसको उनले बताएछन्।
नयाँ पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ।
नयाँ पार्टीमा १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको दावी गरिएको छ।
यतिवेला देशमा कोरोनाको दोस्रो लहरले सृजना गरेको बिषम परिस्थितिका कारण औपचारिक कार्यक्रम गर्न नसकेकोसमेत धमलाले बताएका छन्।
विश्वब्यापी कोरोना महामारीकाबिरुद्ध लड्न सबैलाई एकजुट भै हातेमालो गर्नसमेत नवगठित पार्टीले आव्हान गरेको छ।

प्रतिक्रिया