राजनीति


शपथमा प्रधानमन्त्रीले मर्यादमा आँच आउने काम गरे : जसपा

शपथमा प्रधानमन्त्रीले मर्यादमा आँच आउने काम गरे : जसपा

नेपालखबर
जेठ २, २०७८ आइतबार १२:५५,

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीको सपथ ग्रहण पुन: गर्न माग गरेको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको शपथमा राष्ट्रपतिले बाचन गरेको 'सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु' भन्ने बाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी त्यो पर्दैन भन्दा पदको मर्यादा र गरिमामा आँच आएको बताएका छन्।

जसपाले उक्त शपथ बदर गरेर पुन: गर्न आग्रहसमेत गरेको छ।

यस्तै राजदूत नियुक्ति समावेशी सिद्धन्द अनुसार नभएको भन्दै जसपाले त्यसको पनि विरोध गरेको छ।

राजनीतिक नियुक्तिमा वर्तमान सरकारले मधेशी, आदिवासी, जनजाति, महिला, दलित, थारु लगायत समदुदायको न्युन प्रतिनिधित्व गराई उपेक्षा र विधेद गरेको जसपाले आरोप लगाएको छ।

कोरोना संक्रमितको उपचारका विशेष ध्यान दिन जसपाले आग्रह गरेको छ। सरकारले संक्रमितको उपचारमा ध्यान नदिएको उसको आरोप छ। अस्पतालमा बेड, अक्सिजन, आईसीय नभएकोमा चिन्ता व्यक्त गरेको छ।

jasapa upendra press2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .