राजनीति


नेपाल बारले भन्यो : राष्ट्रपतिको निर्णय असंवैधानिक, अविलम्ब खारेज हुनुपर्छ

नेपाल बारले भन्यो :  राष्ट्रपतिको निर्णय असंवैधानिक, अविलम्ब खारेज हुनुपर्छ

नेपालखबर
जेठ १२, २०७८ बुधबार ७:१८,

नेपाल बार एशोसियशनले प्रतिनिधिसभा विघटनको निर्णय अविलम्ब खारेज गर्न माग गरेको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले गरेको विघटनको निर्णयलाई असंवैधानिक भन्दै बारले आपत्ति जनाएको हो।

‘नेपालको संविधानले निर्देशित गरेका प्रक्रिया अवलम्वन गरी संवैधानिक संकटको समाधान तथा निकास दिनु पर्नेमा सो प्रक्रिया नै पूरा नगरी संविधान विपरित प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचनको मिति तोक्ने जेठ ८ गते मध्यरातको निर्णय प्रति नेपाल बार एशोसियशन गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्य बोकेका राष्ट्रपतिबाट संसद विघटन गरी यस्तो महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा असंवैधानिक भएको बारको ठहर छ।

यस किसिमका असंवैधानिक कार्यले संवैधानिक सर्वोच्चता विधिको शासन तथा मानव अधिकारसमेतको हनन भई संविधान नै संकटमा परेको बताएको छ।

यस्तै बारले प्रधानमन्त्री ओलीले राजीनामा नगरी अर्को सरकार गठनका लागि आह्वान गर्नु नै असंवैधानिक भनेको छ।

राष्ट्रपतिले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले गरेको दाबीलाई अनदेखा गरी केपी ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिएर बदनियत गरेको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा छल्नका लागि विघटन गरी अध्यादेशबाट देश चलाउन खोजेको कार्य असंवैधानिक, अलोकतान्त्रिक कार्य हो भनी नेपाल बार एशोसियशन ठहर गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad