राजनीति


ईश्वर पोखरेल र योगेश भट्टराईबीच एक्लाएक्लै भेट, अब कसरी अघि बढ्नेबारे छलफल

ईश्वर पोखरेल र योगेश भट्टराईबीच एक्लाएक्लै भेट, अब कसरी अघि बढ्नेबारे छलफल

नेपालखबर
जेठ १९, २०७८ बुधबार १०:१,

नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सोहि पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईबीच आज बुधबार छलफल भएको छ।

दुई नेताबीच एमालेको आगामी राजनीतिलाई के कसरी अघि बढाउने भन्नेबारेमा छलफल भएको स्रोतको भनाइ छ।

पोखरेल र भट्टराईबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बुधबार अपरान्ह ३ बजेदेखि एक्लाएक्लै कुराकानी भएको थियो।

सो कुराकानी करिब ३५–४० मिनेटसम्म भएको थियो।

एमालेमा माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहतर्फ निकट रहेका भट्टराई केहि समयदेखि अध्यक्ष तथा प्रधानमन्त्री ओलीतर्फ निकट बन्दै गइरहेका थिए।

उनी कता लाग्ने हुन् भन्ने अझै प्रष्ट नभइरहेका बेला ओली तर्फका एक प्रमुख नेता पोखरेलसँग भएको छलफललाई निकै अर्थपूर्णरुपमा लिन सकिन्छ।

ताप्लेजुङ जिल्लाबाट निर्वाचित भट्टराईलाई एमालेमै रहेको अवस्थामा प्रधानमन्त्री ओलीले उनलाई पूर्वी क्षेत्रको विशेष जिम्मेवारी दिने प्रस्ताव गरेको बताइएको छ।

‘पार्टीमा आगामी जिम्मेवारी र समग्र विषयमा छलफल भएको बुझिएको छ,’ बैठकबारे जानकार स्रोतले भन्यो।

यो पनिः
भूसाल–पाण्डे लगायतका नेतासँग वार्ता जारी रहेका बेला एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad