राजनीति


न्यायाधीश खतिवडाले भने– इजलास गठन बहसको विषय होइन

न्यायाधीश खतिवडाले भने– इजलास गठन बहसको विषय होइन

नेपालखबर
जेठ २३, २०७८ आइतबार १०:३,

न्यायाधीश इश्वर खतिवडाले इजलास गठनको विषयमा बहस हुनु राम्रो कुरा नभएको बताएका छन्।

आइतबार प्रधानमन्त्री केपी ओलीका कानुन व्यवसायीले इजलास गठनमा प्रश्न उठाएपछि न्यायाधीश खतिवडाले यसलाई अनावश्यक भनेका छन्।

खाजा ब्रेकपछि पनि यहि पक्षबाट प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहाल बहसका लागि अगाडि पुगेपछि न्यायाधीश खतिवडाले भने, ‘हामीलाई कम्फर्ट फिल भइरहेको छैन। इजलास गठनको विषयमा बहस हुने कुरै होइन। धेरै भयो, तपाईहरुले बुझ्नु पर्ने कुरा हो।’

बाबुराम दाहाललाई बहस गर्न नदिई फर्काउँदै इजलासले अब निवेदन पक्षको कुरा सुनौं भनेको थियो।

त्यसपछि अहिले निवेदक पक्षका बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .