राजनीति


एमाले विवाद : कर्णाली संसदीय दलको बैठकमा नेपाल पक्षका तीन मन्त्री अनुपस्थित

एमाले विवाद : कर्णाली संसदीय दलको बैठकमा नेपाल पक्षका तीन मन्त्री अनुपस्थित

नेपालखबर
असार १, २०७८ मंगलबार ७:३१,

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ।

बैठकमा माधव नेपाल पक्षमा रहेका ३ मन्त्री अनुपस्थित छन्।

वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी ह्विप उल्लंघन गर्दै प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले विश्वासको मत दिएका थिए।

पार्टी ह्विप उल्लंघन गरेको भन्दै चारै जनालाई पार्टीले कारबाही गरेपछि उनीहरुको सांसदबाट समेत पदमुक्त भएका थिए।

तर, सर्वाेच्च अदालतले गत बिहीबार उनीहरुलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।

सांसद पदमा पुनर्बहाली भएपछि एमालेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बसेको हो।

नीति तथा कार्यक्रमलाई असफल बनाएर महेन्द्र बहादुर शाहीको सरकार ढाल्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तयारी छ ।

सोही आधारमा रणनीति तय गर्न बैठक बसिरहेको हो ।

उता नेपाल पक्षका सांसदहरुले तत्काल शाहीको विपक्षमा नजाने अडानमै छन् ।

प्रदेश सभामा आज २ बजेदेखि नीति तथा कार्यक्रम र त्यसलगत्तै बजेट ल्याउने कार्यक्रम छ ।

‘हामी आफैँले ल्याएको नीति तथा कार्यक्रम फेल गर्ने भन्ने हुँदैन, हामी पास गरेर बजेट पनि पास गर्छौँ’, मन्त्री अम्मरबहादुर थापाले नेपालखबरसँग भने, ‘कार्यक्रम सकेपछि के गर्ने अनि पार्टीमा छलफल गरौँला।’

उनका अनुसार सरकारमा रहेका तीनै जनाले नीति तथा कार्यक्रम पास गर्ने पक्षमा मत दिने प्रष्ट पारे। हामी सरकारमा छौँ, सबैले पक्षमा मत दिन्छौँ’, थापाले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad