प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन्।
उनले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै शसस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुर्याएका प्रचण्ड कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्र भन्दा राजा नै राम्रो भन्दै हिडेको आरोप लगाए।
प्रचण्डले छेपारोले जस्तो गरि स्वार्थ र परिवेश अनुसार धारणा बदल्दै हिँडेको टिप्पणी प्रधानमन्त्री ओलीले छ।
'प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के के भने क्यार .. मान्छेले छक्क माने। किन छक्क मान्ने छेपारोले रंग एक एक छिनमा फेर्छ त। खैरो मुढामा गयो भने खैरो खैरो खालको रंग बनाउँछ। अर्को हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ। अलि कालो बोक्रो भएको ठाउँम पुग्यो भने कालोकालो बनाउँछ। छेपारोले रंग फेर्छ त', उनले भने, 'कहिले कम्फर्टेबल सरकार बनाईदिन्छु भन्छ कहिले –यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरु के हेरेर बसेका छन्? किन हस्तक्षेप गर्देनन् भन्छ। कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ। कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ। कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ।'
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल “निलवर्ण संघार” कथाको पात्र जस्तो चरित्रको भएको दाबी गरे।
प्रचण्डको काम नै देशलाई वर्वाद गर्ने भएको भन्दै उनले प्रचण्डलाई पनि पृथकतावादीहरुलाई राजनीतिकोमुल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया