नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो पार्टीको झगडामा प्रवेश गरेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
पार्टीहरूलाई भेडाको संज्ञा दिँदै पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले दुइटा भेडा जुधिरहेका बेला तेस्रो भेडा पसेको भन्दै कांग्रेस र माओवादी केन्द्रलाई कटाक्ष गरेका हुन्।
‘दुई भेडा जुधिरहेका बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिङ फुक्लन्छ,’ बाँस्कोटाले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले झगडामा धुरा पसेर कांग्रेस–माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैन।’
सर्वाेच्च अदालतको फैसलाबाट पुनःस्थापित भएयता एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ। भोलि शुक्रबार ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि नेपाल पक्ष नजाने भएको छ।
प्रतिक्रिया