ad ad

राजनीति


ललितपुरका तीनै क्षेत्रमा एमालेको अग्रता, गठबन्धन धेरै पछि

बहालवाला मन्त्री भुसाल ललितपुर ३ मा तेस्रो
ललितपुरका तीनै क्षेत्रमा एमालेको अग्रता, गठबन्धन धेरै पछि

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ९:५५, काठमाडौँ

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। 

ललितपुर क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले सुरुवाती अग्रता बनाएका छन। 

त्यहाँ नेपाली कांग्रेसका उदय शमशेर राणा दोस्रो स्थानमा छन्। 

सिलवालले ६६२ मत ल्याउँदै अग्रता बनाउँदा कांग्रेसका राणाले ४०२ मत पाएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत पाएका छन। 

ललितपुर क्षेत्र नम्बर २ मा  पनि एमालेका प्रेमबहादुर महर्जनले २९ सय ८० मतसहित अग्रता बनाइरहेका छन्। 

यहाँ लौरोका उम्मेदवारले २४९७ मत ल्याएका छन्। उता राष्ट्रिय स्वतन्त्र पार्टीले १४९० मत ल्याएको छ। यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १४७७ मत ल्याएका छन्। 

लतिलपुर क्षेत्र नम्बर ३ मा पनि एमालेका अमृत खडकाले ५ सय १६ मतसहित अग्रता बनाएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.‌‌ तोसिमा कार्कीले ४९८ ल्याएकी छन्। यहाँ माओवादीमा यसअघि विजयी निवर्तमान सांसद पम्फा भुषालले २९७ मत पाउँदै तेस्रो स्थानमा छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .