काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुनिल केसी विजयी भएका छन्।
प्राप्त परिणामअनुसार केसीले ६ हजार ५९८ मतसहित जित दर्ता गराएका हुन्।
उनीसँग बागमती प्रदेशसभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ पराजित भएका छन्।
नेकपा एमालेका उम्मेदवार श्रेष्ठले ५ हजार ७९ मात्रै मत ल्याउन सफल भए। यहाँ नेपाली कांग्रेसका ध्रुव केसी ३ हजार ८४७ मतमा समेटिए।
काठमाडौंमा राप्रपाको विजयी शुरुआत : काठमाडौं क्षेत्र नं-२ प्रदेशसभा (क) मा राप्रपाका उम्मेदवार सुनील के.सी.विजयी हुनुभएकोमा धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
546
Shares

प्रतिक्रिया