ad ad

राजनीति


पृथ्वीसुब्बा र देव गुरुङको कडा प्रतिस्पर्धा, मतान्तर ४५७

पृथ्वीसुब्बा र देव गुरुङको कडा प्रतिस्पर्धा, मतान्तर ४५७

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ३:३७, काठमाडौँ

एकमात्र प्रतिनिधिसभा रहेको लमजुङमा  प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङको मतान्तर घट्दै गएको छ।

आज बिहान १ः५० बजेको पछिल्लो मतपरिणामअनुसार यसअघि गुरुङ दुई हजारभन्दा बढीले अघि रहे पनि यतिबेला गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङभन्दा जम्मा चार सय ५७ मतले अघि रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार हालसम्म ४७ हजार चार सय ९९ मतगणना सम्पन्न भएको छ । त्यस्तै हालसम्म एक हजार चार सय ४२ मत बदर भएको उनको भनाइ छ । 

दोर्दी, क्व्होलासोथर, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ भने यतिबेला सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतमध्ये ८० हजार नौ सय १७ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .