ad ad

राजनीति


बाँके-२ (१) मा जसपा विजयी

बाँके-२ (१) मा जसपा विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ३:५५, काठमाडौँ

बाँके–२को प्रदेशसभा (१) मा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादव विजयी भएका छन् ।

यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयबहादुर यादवले नौ हजार ३५८ मत प्राप्त गरेका थिए। यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन् ।

बाँके क्षेत्र नं २ ९१०मा ३५ हजार आठ सय ६८ मत खसेको थियो। त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .