ad ad

राजनीति


भीम रावलको गृहजिल्लामा एमाले ‘क्लिन स्विप’

भीम रावलको गृहजिल्लामा एमाले ‘क्लिन स्विप’

गोकुल जोशी
मंसिर ९, २०७९ शुक्रबार ९:२७, कञ्चनपुर

नेकपा एमालेका नेता डा. भीम रावलको गृहजिल्ला अछाममा एमाले  ‘क्लिन स्विप’ भएको छ। दुईवटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र रहेको अछाममा एमालेले एउटा पनि सिट जित्न नसकेको हो। 

अछामका ६ वटै क्षेत्र सत्ता गठबन्धनका उम्मेदवारले आफ्नो पोल्टामा पारेका छन्। ०४८ सालदेखि चुनाव लडिरहेका एमाले नेता भीम रावलले यसपटक अछाम १ मा टिकट नै पाएनन्।

उनको टिकट खोसेर माओवादी केन्द्रबाट एमालेमा समाहित झपट बोहरालाई क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाइएको थियो। उनी नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग हारे। 

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित भए। उनले निवर्तमान सांसद एमालेका यज्ञबहादुर बोगटीलाई हराए। 

क्षेत्र नम्बर १ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मेघराज खड्का एमालेका देवबहादुर कुँवरलाई हराउँदै विजयी भए। प्रदेशसभा २ बाट माओवादीका झपटबहादुर साउद प्रदेश सांसद चुनिए। त्यहाँ उनले एमालेका कृष्णप्रसाद जैसीलाई हराएका थिए।

क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा एमालेका भीमबहादुर विष्टलाई हराउँदै माओवादी केन्द्रका अक्कलबहादुर रवल निर्वाचित भए।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कांग्रेसका मानबहादुर रावलले बाजी मारे। उनले एमालेका शिवप्रसाद उपाध्यायलाई हराएर प्रदेश सभाको यात्रा तय गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .