राजनीति


सुनसरी ४ को मतगणनामा कर्मचारीले लापरबाही गरेको कांग्रेसको आरोप

सुनसरी ४ को मतगणनामा कर्मचारीले लापरबाही गरेको कांग्रेसको आरोप

नेपालखबर
मंसिर १०, २०७९ शनिबार १३:४५, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा कर्मचारीले लापरबाही गरेको भन्दै नेपाली काङ्ग्रेले विरोध गरेको छ।

सर्वदलीय बैठकमा भएको सहमति पालना नगरी मध्यरातमा कम्प्युटरमा इन्ट्री गराउने कर्मचारी र मतपरिणाम घोषणा गर्ने कर्मचारीले मत संख्या विगारेको आरोप काङ्ग्रेसले लगाएको छ।

काङ्ग्रेस तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङले काङ्ग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पाएको मतसमेत कर्मचारीले कम्प्युटरमा इन्ट्री नगरेको आरोप लगाए। 

शुक्रबार हजारभन्दा बढी मतले पछि परेका कार्कीले अग्रता लिन थालेपछि कर्मचारीले गडबड गरेको दाबी उनले गरे।
 
अहिले सुनसरी ४ मा मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म त्यहाँ कार्कीले २३१ मतले अग्रता लिएका छन्। काङ्ग्रेले अग्रता लिएदेखि कर्मचारीले मत नै अपडेट नगराएको उनको आरोप छ।

‘हिजो बेलका ६०१ मत कम्प्युटरमा इण्ट्रीनै भएको रहेनछ। अनि त्यही कम मत राखेर मतपरिणाम घोषणा गरियो,’ उनले नेपालखबरसँग भने, ‘हामीले मुख्य निर्वाचन अधिकृतलाई ‘कम्प्लेन’ गरेपछि त्यो घटाइएको संख्या मिलाइएयो। तर फेरि कर्मचारीले मतगणना गर्दा एउटा एउटा मत टिप्ने सर्वदलीय निर्णय पालना गरेनन्। मत सय सय बनाएर एकैपटक लेख्न थाले, जसले गर्दा रुखको मत कम देखाइयो।’

मतगणनामा बसेका कांग्रेसका प्रतिनिधिले कम्प्युटरमा बसेका कर्मचारी हटाउन माग गरेको उनले बताए।

‘हामीलाई ती कर्मचारी प्रती शंका छ, उहाँहरुलाई हटाएर अरु राख्न भनेका छौँ, मानिरहेका छैनन,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .