ad ad

राजनीति


सुनसरी ४ मा रोचक प्रतिस्पर्धा, कार्कीलाई कुसियैतले फेरि उछिने

सुनसरी ४ मा रोचक प्रतिस्पर्धा, कार्कीलाई कुसियैतले फेरि उछिने

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०७९ शनिबार १४:४३, काठमाडौँ

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणको हार निश्चित भएका बेला सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा जारी छ।

मतगणनाको सुरुदेखि नै नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग पछि परिरहेका कार्कीले बिहीबारदेखि यहाँ अग्रता बनाएका थिए। 

शनिबार २० हजार मत गन्न बाँकी रहेको अवस्थामा फेरि कार्कीलाई कुसियैतले उछिनेका छन्। यसअघि कार्कीले कुसियतलाई ९७ मतले पछि पारेका थिए।

तर अहिले आएर फेरि कुसियतले कार्कीलाई ४३ मतले पछि छाडेका हुन्। ताजा अवस्थामा ४३ मतले अघि बढेका कुसियैतले २३ हजार २६१ मत ल्याएका छन्।

केहीबेरअघि दोस्रो स्थानमा झरेका कार्कीको पक्षमा २३ हजार २१८ मत ल्याएका छन्। यहाँको प्रतिस्पर्धा अति रोचक देखिएको छ।

मतगणनाको अन्तिमतिर पुग्दै गर्दा दुवै नेता कार्यकर्तामा पनि अन्योल देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिकट कार्कीले सजिलै जित्ने आँकलन गरिएको यहाँ एमाले उम्मदेवार कुसियैतले कडा चुनौती दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .