ad ad

राजनीति


समानुपातिकमा भेटिएका प्रत्यक्षको मत जोडेर पाँचथरको नतिजा सार्वजनिक, नेम्वाङ विजयी

समानुपातिकमा भेटिएका प्रत्यक्षको मत जोडेर पाँचथरको नतिजा सार्वजनिक, नेम्वाङ विजयी

फाइल।


नेपालखबर
मंसिर १४, २०७९ बुधबार ७:०, काठमाडौँ

पाँचथरको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको बाकसमा भेटिएपछि विवादित बनेको यहाँको मतगणना मंगलबार राति सकिएको निर्वाचन अधिकृत टिकेन्द्र दाहालले नेपालखबरलाई जानकारी दिए। 

अन्तिम मतपरिणाममा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४६ मतान्तरले पराजित गर्दै नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन्।

नेम्वाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ८९ मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ। 

यसअघि गत ९ मंसिरमा नै यहाँको प्रत्यक्षतर्फको मतगणना सकिएको थियो। त्यतिबेला नेम्वाङको मत ३२ हजार १ सय १० र आङ्देम्बेको ३२ हजार ६३ थियो।

बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ। वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ।

नेम्वाङले विजय उत्सव मनाइसकेपछि समानुपानितकका मतपेटिकामा प्रत्यक्षतर्फकै मतपत्र भेटिन थालेपछि विवाद हुँदा मत गणना प्रभावित हुँदै आएको थियो।

समानुपातिकतर्फको गणना सक्दा ती पेटिकामा भेटिएका मतपत्रसमेत जोडेर नतिजा सार्वजनिक गरिएको निर्वाचन अधिकृत दाहालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .