ad ad

राजनीति


समानुपातिकमा सहभागी ४७ दलमा कसको हैसियत कति? हेर्नुहोस् मतको सूची

समानुपातिकमा सहभागी ४७ दलमा कसको हैसियत कति? हेर्नुहोस् मतको सूची

नेपालखबर
मंसिर १४, २०७९ बुधबार ९:१३, काठमाडौँ

यही मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ अहिलेसम्म १६१ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ भने अब ४ क्षेत्रको नजिता आउन मात्र बाँकी छ। 

बाँकी क्षेत्रमध्ये सुनसरी ४ मा मत गणना जारी छ भने स्याङ्जा २ र बाजुराको मत गणना हुन बाँकी छ। दोलखामा भने पुनः मतदान गराउने तयारी छ। 

१६१ क्षेत्रको नजिता आउँदा नेपाली कांग्रेसले सबैभन्दा बढी ५४ सिट जितेको छ भने दोस्रोमा नेकपा एमालेले ४४ स्थानमा विजय प्राप्त गरेको छ। 

माओवादी केन्द्रले १७ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० स्थानमा मात्र जित हासिल गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले बराबर ७/७ स्थानमा जितेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट हात पारेको छ। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित्दा नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जितेका छन्। स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। 

प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना पनि अन्तिम चरणमा पुगेको छ। यो खबर तयार पार्दासम्म १ करोड ८ हजार ३ सय २ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगको तथ्यांकअनुसार अहिलेसम्म प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेस होल्ड (३ लाख २० हजार मत) कटाएका छन्। 

नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउने कठिन संघर्षमा छ। 

हेर्नुहोस् समानुपातिक मतको ताजा विवरण :

नेकपा एमाले 
२६,९६,५७५

नेपाली कांग्रेस 
२५,५३,०९४

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,४३,८९४

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,९८,२७५

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,७०,६५४

जनता समाजवादी पार्टी, नेपाल
३,८९,१९७

जनमत पार्टी
३,४९,३५२

नेकपा एकीकृत समाजवादी
२,८२,२६२

नागरिक उन्मुक्ति पार्टी
२,५०,०५९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४८,०५७

नेपाल मजदुर किसान पार्टी
७३,६०३

हाम्रो नेपाली पार्टी
५३,९३७

मंगोल नेसनल अर्गनाइजेसन
४७,८०५

राष्ट्रिय जनमोर्चा
४५,६९६

नेपाल संघीय समाजवादी पार्टी
३९,७३४

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
२९,६७८

राष्ट्रिय जनमुक्ति पार्टी
२३,३५१

जनता प्रगतिशिल पार्टी, नेपाल
१७,७५५

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,६२७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,४६८

बहुजन एकता पार्टी नेपाल
१६,४९१

नेपाली कांग्रेस (बीपी)
११,८६३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११,६०१

नेपाली जनता दल
९,४९७

नेपालका लागि नेपाली पार्टी
८,०७०

नेपाल कम्युनिस्ट पार्टी

७,४८६
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

७,०८५
नेपाल जनता पार्टी

७,०७६
नेपाल लोकतान्त्रिक पार्टी

६,९९६
बहुजन शक्ति पार्टी

६,९३२
मितेरी पार्टी नेपाल

६,७८१
आमूल परिवर्तन मसिहा पार्टी नेपाल

६,३१४
जनजागरण पार्टी नेपाल

६,१५२
जनसमाजवादी पार्टी, नेपाल

५,६६५

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी)
५,६३२

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,५६०

विवेकशील साझा पार्टी
३,९००

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६३७

एकीकृत शक्ति नेपाल
३,३६४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,१९७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,१६८

मौलिक जरोकिलो पार्टी
३,१०१

तराई मधेश लोकतान्त्रिक पार्टी
३,०६१

नेपाल समावेशी पार्टी
२,६४५

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,०८९

नेस्नलिस्ट पिपल्स पार्टी
१,९६१

राष्ट्रिय नागरिक पार्टी
१,९०५

स्रोत : निर्वाचन आयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .