ad ad

राजनीति


समानुपातिकतर्फ एमालेले कटायो २७ लाख भोट

समानुपातिकतर्फ एमालेले कटायो २७ लाख भोट

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १३:१२, काठमाडौँ

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख भोट कटाएको छ।

एक करोड ४२ हजार ५१४ मत गनिसक्दा एमालेले ताजा अवस्थामा २७ लाख ९०४ मत ल्याउन सफल भएको हो।

सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ। उसले नेपाली कांग्रेससँग करिब डेढ लाखको फराकिलो अन्तर बनाएको छ।

बुधबार दिउँसो १ बजेसम्म एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ५९ हजार ३९१ मत ल्याएको छ। 

उता माओवादी केन्द्रले ११ लाख ४५ हजार ३९१ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६१ मत ल्याएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .