ad ad

राजनीति


माओवादी नेता भन्छन् : बाँकी ठाउँमा कलममा भोट हालेर समाजवादीलाई राष्ट्रिय पार्टी बनाऊँ

माओवादी नेता भन्छन् : बाँकी ठाउँमा कलममा भोट हालेर समाजवादीलाई राष्ट्रिय पार्टी बनाऊँ

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १३:३६, काठमाडौँ

नेकपा मा‌ओवादी केन्द्रका एकजना नेता हिमाल शर्माले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सघाउनुपर्ने बताएका छन्। 

पुन:मतदान गर्न लागिएका मतदान केन्द्रमा कलम चिह्नमा भोट दिएर समाजवादीलाई प्रतिनिधि सभातर्फ राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उनले बताएका हुन्। 

शर्माले सकेसम्म अहिले जारी गणनाबाटै समाजवादी राष्ट्रिय पार्टी बनेको हेर्न चाहेको उल्लेख गरेका छन्। त्यसो नभएमा राष्ट्रिय पार्टी बनाउन अरु दलले सहयोग गर्नुपर्ने उनले बताएका छन्। 

‘पहिलो कुरा अबको  बाँकी गणनामा आफैँ ३ प्रतिशत पुगोस् कामना गरौँ ’ शर्माले फेसबुकमार्फत भनेका छन् , ‘थोरैले नपुगेमा चुनाव हुन बाँकी मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिह्नमा मतदान गरेर समाजवादीलाई राष्ट्रिय पार्टी हुन सहयोग गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .