ad ad

राजनीति


सुनसरी ४ मा कुसियैतले कार्कीसँग मतान्तर घटाए, दुवैलाई पकड क्षेत्रको आश

सुनसरी ४ मा कुसियैतले कार्कीसँग मतान्तर घटाए, दुवैलाई पकड क्षेत्रको आश

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १३:४९, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीसँगको मतान्तर नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले घटाएका छन्। 

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा कुसियैतले कार्कीसँगको मतान्तर घटाएर १ सय ५४ मा झारेका हुन्। 

ताजा अवस्थामा कार्कीले २७ हजार १७१ र कुसियैतले २७ हजार १७ मत ल्याएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले भोक्राह-नरसिंह ७ र बराहक्षेत्र वडा नम्बर ११ को मत गनिरहेको छ। यी दुई वडाको मत गन्दा कुसियैतले मतान्तर घटाएका हुन्। 

भोक्राहा-नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को जम्मा ५,६९४ मत गनिएको हो। 

त्यसपछि अब एमाले उम्मेदवार कुसियैतको घर रहेको कोसी गाउँपालिका ६ को मत गनिनेछ। जहाँ उनको बलियो पकड छ। 

उता कार्कीको पकड भएको भनिएको बराहक्षेत्र नगरपालिका १० को पनि मत गनिँदैछ। यी दुई ठाउँमा  ५ हजार ८१८ मत छ। यिनै दुई ठाउँको मतले कार्की र कुसियैतमध्ये एकको जित पक्का गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .