राजनीति


रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका

रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका

नेपालखबर
जेठ २३, २०८३ शनिबार २१:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। 

शनिबार भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको कार्यसमिति उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी (सुरत) रहेका छन्। यस्तै, सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री सदस्यमा चयन भएका छन्। 

अधिवेशनको उद्घाटन गर्दै रास्वपा गण्डकी प्रदेश सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य राजन गौतमले सुशासन र सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन वर्तमान सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

‘विकास र सुशासनका लागि बाधक विद्यमान ऐन, कानुनहरू संशोधनका लागि सरकारले गृहकार्य गरिरहेको छ,’ गौतमले भने, ‘सुशासनयुक्त देश निर्माण भएपछि जनताको बाँकी अपेक्षा पनि पूरा हुनेछन् भन्ने हाम्रो विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad