राजनीति


पुराना कम्युनिष्ट नेता कमल कुइँकेलसहित सातजना सम्मानित

पुराना कम्युनिष्ट नेता कमल कुइँकेलसहित सातजना सम्मानित

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १५:५, काठमाडौँ

एकजना पुराना कम्युनिष्ट नेता कमल कुइँकेललाई सम्मान गरिएको छ। मोरङको पथरीशनिश्चरे ३ आइपुगेका कुइँकेललाई एक कार्यक्रमबीच सम्मानित गरिएको हो। 

पञ्चायतकालमा भूमिगत हुँदै पार्टी संगठन बनाउन गरेको योगदानको कदरस्वरुप एमाले पथरीशनिश्चरे ३ नम्बर वडा कमीटीले उनलाई सम्मान गरेको हो। एमालेले उनीसहित ७ जनालाई सम्मान गरेको हो।

एमाले निर्माणका क्रममा उनले नेकपा माले, पूर्वको रातो झण्डा, को-अर्डिनेशन केन्द्रको सदस्य भएर काम गरेका थिए।

कुइँकेल अहिले झापाको गौरादहमा बसोबास गरिरहेका छन्। पञ्चायतकालमा कडा सुरक्षा निगरानीबीच पनि उनी पार्टी निर्माण र संगठन विस्तारमा लागिरहे। 

अहिलेसम्म निरन्तर नेकपा एमालेमा सक्रिय उनले पदको लोभ गरेनन्। वडाकै कार्यकर्ता भएर संगठनमा लागेको सम्मान कार्यक्रममा उनले बताए। 

गौरादहबाट सम्मान थाप्न आइपुगेका कुइँकेलले भूमिगतकालमा संगठन निर्माण क्रममा जुटेका दौतरीसँग पनि अहिले भेट गर्ने मौकासमेत पाए। 

नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल र केन्द्रीय कमिटी सदस्य मिना उप्रेती लगायतले उनीहरुलाई सम्मान गरेका हुन्। 

सम्मानित भएका चन्द्र दाहालले आफूहरुले यो क्षेत्रमा संगठन निर्माण गर्दा गरेका संर्घष सम्झिए। 

हाल उर्लाबारीमा बसोबास गर्दै आएका दाहाल भूमिगतकालमा मदन भण्डारीसहितका नेताहरुको संगतमा पार्टी काम र कम्युनिस्ट सदस्य विस्तारमा लागेका थिए। 

झापाको कमल गाउँपालिकामा बस्दै आएका मेदनी ओझाले भूमिगतकालका अवस्था र त्यसबला पार्टी संगठन निर्माणको परिघटना अझै आखाँमा नाचिरहेको बताए। 

भूमिगतकालमा ज्यानको बाजी राखेर गरेको संगठन विस्तारका लागि एमालेले सम्मान गर्दा ओझाका आखाँ रसाएका थिए।

विभिन्न कालखण्डमा नेकपा एमालेको संगठन विस्तार गरि वडा छोडेर बसाइँ सरिगएका ७ जनालाई सम्मान गरिएको हो। 

कार्यक्रममा जयनारायण निरौला, गणेश पौडेल, नेत्र कोइराला, दीननाथ दंगालसहित कुइँकेल, दाहाल र ओझालाई सम्मान गरियो। 

वडा कमिटी सचिव अर्जुन काफ्लेका अनुसार पछिल्लो समय पुराना पुस्ताका संगठकलाई सम्झिएर नयाँ पुस्ताले पार्टीमार्फत सामाजिक काम सक्रिय गर्न सम्मान थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad