राजनीति


माओवादी नेताको कटाक्ष : सत्ताका लोभीहरुले सभामुखलाई पनि डुबाएर नर्कको यात्रा थाले

माओवादी नेताको कटाक्ष : सत्ताका लोभीहरुले सभामुखलाई पनि डुबाएर नर्कको यात्रा थाले

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८० शुक्रबार १३:१३, काठमाडौँ

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सांसदको हैसियतमा हस्ताक्षर गरेपछि चर्को आलोचना भइरहेको छ।

सभामुखमा निर्वाचित भएलगत्तै नेकपा माओवादी दल त्याग गरेका गौतम सांसदको हैसियतमै सक्रिय भएपछि विरोध भइरहेको छ।

उनको यो कदमलाई लिएर संविधानविद्‍देखि गठबन्धनका शीर्ष नेता र माओवादी सांसदहरू पनि विरोधमा उत्रिएका छन्। 

गत मंसिरको निर्वाचनमा ओखलढुंगाबाट प्रदेशसभा सदस्य भएपछि गौतम तत्कालीन अवस्थामा नेकपा एमाले र नेकपा माओवादीको पद बाँडफाँटका क्रममा सभामुख बनेका थिए।

तर सभामुख गौतमले सरकार बनाउने नाममा बहुमतका लागि हस्ताक्षर गरिदिएपछि उनको भूमिकालाई लिएर प्रश्न उठाइएको छ। 

उनको कदमलाई लिएर माओवादी प्रदेश समिति सचिव गणेश उप्रेती 'सुशील'ले गम्भीर प्रश्न उठाएका छन्। 

माओवादीबाट कोशी प्रदेश सांसदसमेत रहेका उनले सत्ता लिप्सामा आशक्त भएकाहरुले सभामुख गौतमको दुरुपयोग गरेको आरोप लगाएका छन्। 

उनले शुक्रबार सामाजिक सञ्जालमा भनेका छन्, ‘हुँदा छँदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरे सत्तालिप्सामा आसक्त भएकाहरुले।’

उता नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि कांग्रेस-माओवादी गठबन्धनले संविधान र लोकतन्त्र मास्ने काम गरेको बताएका छन्। 

संविधानविद डा. भीमार्जुन आचार्यले पनि गठबन्धनले सत्ताका लागि गरेको असंवैधानिक कदमले गम्भीर प्रश्न खडा गरेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad