ad ad

राजनीति


एक मतान्तरले एमालेका उम्मेदवार विजयी वडामा पुनः मत गणना गर्न उच्च अदालतको आदेश

एक मतान्तरले एमालेका उम्मेदवार विजयी वडामा पुनः मत गणना गर्न उच्च अदालतको आदेश

हरिवन–७ मा वडाध्यक्ष निर्वाचित निरध्वज कार्की र एक मतान्तरले पराजित टीकाजंग थापा।


नेपालखबर
पुस २३, २०७९ शनिबार ७:१४, सर्लाही

नेकपा एमालेका उम्मेदवार केवल १ मतान्तरले विजयी भएको सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मत गणना गर्न उच्च अदालत (जनकपुर) ले आदेश दिएको छ।

हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि सम्पन्न निर्वाचनको यसअघिको मतगणना रद्द गरी पुनः गणना गर्न शुक्रबार उच्च अदालतले आदेश दिएको रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन - ७ को वडाध्यक्षका लागि पुनः मत गणना गर्न आदेश दिएको हो। 

गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हरिवन ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएका थिए। 

विजयी कार्कीले ३ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए। नेपाली कांग्रेसले त्यतिबेलै धाँधली गरेर आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको थियो। 

वडाध्यक्षमा १ मतान्तरले पराजित थापाले पुनः मत गणना माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। थापाले अन्तरिम आदेशको मागसहित रिट दायर गरे पनि अदालतले एकैचोटि पुनः मत गणनाको आदेश दिएको हो।

अब निर्वाचन कार्यालय सर्लाहीबाट मतपत्र झिकाएर उच्च अदालत जनकपुरमै पुनः गणना गरिने रजिस्ट्रार अधिकारीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .