राजनीति


दुई मन्त्रालय लिएर कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै नेपाली कांग्रेस

दुई मन्त्रालय लिएर कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै नेपाली कांग्रेस

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १०:३९,

नेपाली कांग्रेस दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने भएको हो।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो।

कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएपछि भोलि शुक्रबार मन्त्रीको शपथ हुने मुख्यमन्त्री स्रोतले जनाएको छ।

कांग्रेस स्राेतका अनुसार कांग्रेसले प्रदेश सांसदहरु यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .