ad ad

कोशी


रासायनिक मल दिन नसकेकोमा सांसदले खेतमै पुगेर माफी मागे, जेष्ठ किसानलाई सम्मान

रासायनिक मल दिन नसकेकोमा सांसदले खेतमै पुगेर माफी मागे, जेष्ठ किसानलाई सम्मान

धान दिवसका दिन भोजपुरका कृषकहरुसँग सांसद सुदन किराती


नेपालखबर
असार १५, २०७९ बुधबार १५:२०, काठमाडौँ

पाँच दलीय गठबन्धन सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा बर्षे बाली बिग्रिने चिन्ताले कृषकहरुलाई सताएको छ।

तैपनि यो पटक राम्रो वर्षात् भइरहेकाले किसानहरुले धमाधम धान रोपिरहेका छन्। झन् धान खेतीका लागि महत्वपूर्ण मानिने असार १५ को दिन बुधबार सबैलाई रोपाइँको चटारो छ।

यस्तोमा नेता र मन्त्रीदेखि, सांसद र कार्यकर्तासमेत धान रोप्न हिलोमा पसेर कतै कृषकलाई सघाइरहेका छन् भने कतै हिलो खेलिरहेका छन्।

भोजपुरको चम्पेमा भने अलिक फरक दृश्य देखिएको छ। माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसद सुदन किरातीले अरुण गाउँपालिका-१ स्थित चम्पेको सिस्नेरी पुगेर किसानहरूसँग माफी मागेका छन्। 

उनले समयमा रासायनिक मन उपलब्ध गराउन नसकेको भन्दै सरकारको तर्फबाट कृषकहरूको खेतमै पुगेर माफी मागेका हुन्। 

धान दिवस मनाउने क्रममा रोपाइँ गर्न पुगेका उनले समयमा मल दिन नसकेकोमा किसानसँग माफी मागिएको नेपालखबरलाई बताएका छन्। 

'मानो रोपेर मुरी उब्जाउन तयार किसानले यो वर्ष मल पाएका छैनन्। त्यहीकारण उनीहरुको मतले विजयी सांसदका रुपमा सरकारको तर्फबाट माफी मागेको हुँ', उनले भने, 'किसान र कृषि नभएको भए मानव समाज असम्भव हुन्थ्यो। माफीसँगै हामीले किसानलाई सम्मान पनि गरेका छौँ।'

किरातीले त्यहाँ उपस्थित ६ जना जेष्ठ महिला किसानलाई साडी, चोली, पछ्यौरी र छाता दिएर सम्मान गरिएको बताए। त्यस्तै ६ जना पुरुष किसानलाई दौरा सुरुवाल र टोपी दिएर लड्डु खुवाउँदै सम्मान गरिएको हो। 

किसानहरुका लागि त्यहाँस्थित वडाअध्यक्ष र वडा सदस्यहरुले धान दिवसको दिन खाजा खुवाउने व्यवस्था गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .