ad ad

कोशी


विराटनगरमा प्रेमीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार

विराटनगरमा प्रेमीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार

प्रतिकात्मक तस्बिर


सुमन पुरी
भदौ १८, २०७९ शनिबार १२:५६, विराटनगर

विराटनगर १४ जतुवामा प्रेमीलाई नियन्त्रणमा लिएर किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।

विराटनगगर १४ जतुवास्थित नहरको डिलमा भदौ १६ गते बिहीबार राति १० बजे १८ वर्षीया किशोरी बलात्कारमा परेकी हुन्।  विराटनगरकै एक होटलमा साथीसँग जन्मदिन मनाएर उनीहरू फर्किएका थिए। जन्मदिन मनाएर प्रेमिकालाई छाड्न जतुवा पुगेका युवक र १८ वर्षीया युवतीलाई नहरको डिलमा मादक पदार्थ खाएर आएका ५ जनाले सुरुमा आक्रमण गरे। 

कुटपिट गरी दुवैलाई नियन्त्रणमा लिए र १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ। 

जन्मदिन मनाएपछि ती युवतीलाई प्रेमीले घर पुर्याउन मोटरसाइकलमा लाँदै थिए। घर पुग्नुभन्दा अगाडि उनीहरू विराटनगर १४ जतुवाअगाडि नहरमा गफ गरेर बस्दा बलात्कार भएको खुलेको मोरङ प्रहरीले जनाएको छ। 

प्रहरीले भन्यो, ‘गफ गरेर बसिरहेका बेला मादक पदार्थ खाएका युवाहरूले केटालाई नियन्त्रणमा लिएछन्। दुई जना केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो युवतीलाई बलात्कार गरेको खुलेको छ।’

प्रहरीका अनुसार उक्त समूहको नियन्त्रणबाट युवक उम्किएर भाग्न सफल भएपछि उनले गाउँमा गएर होहल्ला गरेका थिए। स्थानीय भेला जम्मा हुन थालेपछि बलात्कारमा संलग्नहरू युवती छाडेर घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार कुटपिटबाट युवक र युवतीका टाउको, अनुहार, कुहिना लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ।

साथीसँग जन्मदिन मनाएर घर आउँदै गरेकी ती किशोरीलाई पाँच जना युवकले सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर ४ इकराइका २९ वर्षीय सन्तोष मण्डल हुन्। पक्राउ परेका मण्डल सामूहिक बलत्कार गर्नेमध्येका एक भएको प्रहरीले जनाएको छ। अन्य  चार जना फरार छन्। उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .