ad ad

कोशी


ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित ३ जना घाइते

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित ३ जना घाइते

नेपालखबर
भदौ २८, २०७९ मंगलबार ८:३४, काठमाडौँ

झापाको भद्रपुरमा सोमबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनकी छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड–२ का २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय  बुद्धलाल राजवंशीसमेत घाइते भएका थिए।

घाइते बालिकासहित तीनै जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक पाँचथर हिलिहाङ–६ का २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .