ad ad

कोशी


जसपाले मोरङ–५ नछाड्ने, अध्यक्ष यादव भन्छन्– एक्ला एक्लै चुनाव लड्न नपरोस्

जसपाले मोरङ–५ नछाड्ने, अध्यक्ष यादव भन्छन्– एक्ला एक्लै चुनाव लड्न नपरोस्

जसपाका मोरङ अध्यक्ष राजकुमार यादव।


सुमन पुरी
असोज १३, २०७९ बिहिबार १२:३७, विराटनगर

सत्ता गठबन्धन भित्रको बाँडफाँटलाई लिएर जनता समाजवादी पार्टीका नेता तथा कार्याकर्ता असन्तुष्ट बनेका छन्।

गठबन्धनले जनता समाजवादी पार्टीलाई प्रदेश १ मा एउटा मात्रै सिट दिने भनेपछि नेता तथा कार्यकताहरुका बिचमा असन्तुष्टी उत्पन्न भएको हो। 

जसपाले प्रदेश १ मा सुनसरी १ मात्र पाएको छ। जसपाले मोरङ ५ र धनकुटा पनि दावी गरेको थियो।

मध्यराती भएको गठबन्धनको सूची सार्वजनिक भएपछि जसपाका मोरङ अध्यक्ष राजकुमार यादवले आफूहरु कुनै पनि हालतमा त्यो सूचीलाई स्वीकार गर्न नसक्ने बताए। 

सार्वजनिक सूची अनुसार मोरंग ५ माओवादीको भागमा परेको छ भने धनकुटा कांग्रेसको भागमा परेको छ।

धनकुटा माओवादीले समेत दावी गरेको थियो।

माओवादीले धनकुटा छाडेर कांग्रेसलाई छाड्ने बुझेपछि पोलिटब्यूरो सदस्य हेमराज भण्डारी सहित नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन्।

नेताहरुले मोरङ ५ छाड्ने सहमति गरेको भएपनि आफूहरुले मोरङ ५ नछाड्ने उनले बताए। उनले भने, ‘यदी क्षेत्र नम्बर ५ पनि जसपाले नपाउने हो भने हामी गठबन्धन गरेर जाँदैनौँ, कोही दललाई काखा कोही दललाई पाखा लगाएर जाने गठबन्धनको रणनीति हुनुहुँदैन।’

उनले गठबन्धन भित्र जसपाको भागमा मोरङ क्षेत्र नम्बर ५ परेन भने एक्ला एक्लै चुनाव लडेर जाने अवस्था आउनसक्ने उनको चेतावनी दिएका छन्। 
 
यसअघि २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट जनता समाजवादीले प्रदेशमा मात्र एक सिट जितेको थियो। समानुपातिकमा २ जना र प्रत्यक्षमा १ जना गरि प्रदेश सभामा ३ जना सदस्य रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .