कोशी


प्रदेश १ का ५ निर्वाचन क्षेत्रमा अझै सुरु भएन मतगणना

प्रदेश १ का ५ निर्वाचन क्षेत्रमा अझै सुरु भएन मतगणना

फाइल तस्बिर


ध्रुव भट्टराई
मंसिर ६, २०७९ मंगलबार ९:२०, विराटनगर

प्रदेश १ का ५ निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेको छैन्। 

हिमाली तथा पहाडी जिल्लाहरु सखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, पाँचथर र तेह्रथुम जिल्लामा मत गणना कार्य सुरु हुन नसकेको हो।

प्रतिनिधि सभा तर्फ एक/एक निर्वाचन क्षेत्र रहेका यी जिल्लामा मतदान  केन्द्रबाट मत पेटिका सदरमुकाम ल्याउन ढिलाई हुदा मत गणना कार्यमा ढलाइ हुन पुगेको हो।

प्रदेश १ निर्वाचन कार्यालयका अनुसार यी जिल्लामा आज अपरान्हबाट मत गणना गर्ने गरि तयारी भई रहेको छ। सर्वदलीय बैठक बसी मतगणना कार्यका लागि कोठा व्यवस्था भइरहेको छ। 

कार्यालयका अनुसार हिमाली जिल्लाका मत पेटिका ढुवानीमा हेलिकप्टरमार्फत गरिने बताइएपनि समयमै हेलिकप्टर नपुग्दा कर्मचारी प्रयोग गरि स्थलमार्ग मार्फत मत पेटिका सदरमुकाम ल्याइएको छ।

संखुवासभामा गएराती ११ बजे, सोलुखुम्बुमा सोमबार साँझ त्यसैगरी अन्य बाँकी जिल्लामा पनि हिजो अबेरमात्र मतपेटिका सदरमुकाम ल्याइएको छ।

कुल २८ प्रतिनिधि सभा र ५६ प्रदेश सभा रहेको प्रदेशमा बाकी जिल्लामा भने मत गणना जारी रहेको छ। कुल १४ जिल्ला मध्ये प्रदेशको राजधानी समेत रहेको मोरङमा सबैभन्दा धेरै ६ निर्वाचन क्षेत्र, झापामा पाँच र सुनसरीमा चार त्यसैगरी उदयपुर र इलाममा दुई।दुई निर्वाचन क्षेत्र रहेका छन्।

अन्य बाँकी जिल्लामा एक÷एक वटा निर्वाचन क्षेत्र रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .