प्रदेश १


चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

नेपालखबर
मंसिर २० , टङ्कीसिनवारी

विराटनगर र आसपास मङ्सिर सुरु भएयता बिहानपख चिसो ह्वात्तै बढेर गएको छ। चिसो मौसममा कतिपय व्यक्ति न्यानो सिरक छाड्न मान्दैनन्। अबेरसम्म सुत्ने र उठेपछि चिया वा कफीको चुस्कीको साथमा पत्रिका पढ्ने इच्छा हुन्छ। तर स्वास्थ्यप्रति सजग र सतर्क व्यक्ति पनि छन्, जो एकाबिहानै मर्निङ वाकमा निस्कने गरेका छन्। 

आफ्नो नियमित मर्निङ वाकलाई न त वर्षाले रोक्यो न त घामले नै रोक्यो। विराटनगरमा मर्निङ वाकको क्रेजलाई बढ्दो चिसोले पनि रोक्न सकेको छैन। विराटनगर–१ का द्वारिका रायमाझीले मर्निङ वाक थालेको पनि वर्षौँ भइसक्यो। उनी नियमित एकाबिहानै मर्निङ वाकका लागि सडकमा निस्कन्छन्। उच्च रक्तचापको समस्या देखिएपछि रायमाझीले चिकित्सकको सल्लाहमा मर्निङ वाक थालेका हुन्। मर्निङ वाकपछि रायमाझीले आफूलाई तन्दुरूस्त र फुर्तिलो पाएका छन्।

‘पहिला म अल्छी गर्थें । कुनै काम गर्न मन लाग्दैन थियो। डाक्टरको सल्लाहपछि मर्निङ वाक गर्न थालेपछि जोश र जाँगर बढेको छ”, उनले भने। 

रायमाझीलाई मर्निङ वाकमा साथ दिने जनार्दन थापाले शरीरलाई ‘फिट’ राख्न नियमित हिँड्ने गरेको बताए। उनले आधा घण्टाजति पसिना बगाएरै हिँड्दा आफूलाई फाइदा पुगेको बताए। जस्तोसुकै परिस्थितिमा पनि अपर्णा धनावत दैनिक ५० मिनेट मर्निङ वाक गर्छन्। आफ्नो स्वास्थ्यप्रति सजग धनावतले १० वर्षदेखि मर्निङ वाक गरिरहेका छन्। वास्तविक उमेरभन्दा कम देखिनु धनावतको राज नै मर्निङ वाक हो। उनले मर्निङ वाकले सम्पूर्ण मांशपेशीको व्यायाम हुने अनि मानसिक र शारीरिक थकान मेट्ने बताए। 

सिक्किम मणिपाल कलेजमा इन्टर्न गरिरहेका फिजियोथेरापिस्ट ऋषभ गौतमले मर्निङ वाकले शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्ने बताए। उनले मर्निङ वाकको नाममा धपेडी हुने गरी कुद्ने र हिँड्ने गर्नाले शरीरलाई फाइदाभन्दा बेफाइदा हुने बताए। गौतमले स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताए। रासस

मंसिर २०, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.