नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्र संघीय निजामती सेवा ऐन ल्याउने काम भइरहेको बताएका छन्।
विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मोदीले संघीय संसदको यही अधिवेशनबाट पारित हुने गरी ऐन संसदमा टेबल गर्ने आफ्नो प्रयास रहेको बताएका हुन्।
‘निजामती सेवा ऐन यही अधिवेशनमा ल्याउने मेरो प्रयास हुन्छ। २ महिनाभित्रमै सकेसम्म टेबुल गर्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं,’ मोदीले भने, ‘संघीयता कार्यान्वयन गर्ने कुरामा सबै राजनीतिक दल जिम्मेवार छन्। संघीयताको कार्यान्वयन र कर्मचारीलाई न्याय गर्ने गरी उक्त ऐन आउँछ।’
मोदीले उक्त ऐनमा कर्मचारीको हदम्याद ६० वर्ष गर्ने वा नगर्ने भन्ने विषय टुंगो नलागेको बताए।
‘म अध्ययनका क्रममा छु। ५८, ५९ या ६० वर्ष कुनै न कुनै त हुन्छ। सबै क्षेत्रसँगको छलफल र राजनीतिक दलहरुबीचको सुझावलाई लिएर त्यसको समाधान गरिन्छ।
प्रतिक्रिया