ad ad

कोशी


प्रदेश १ प्रदेशसभा बैठकबाट दुईवटा समिति गठन

प्रदेश १ प्रदेशसभा बैठकबाट दुईवटा समिति गठन

नेपालखबर
माघ २३, २०७९ सोमबार १४:३६, विराटनगर

प्रदेश १ को प्रदेश सभा बैठकले छुट्टाछुट्टै दुई समिति गठन गरेको छ।

प्रदेश सभा नियवावली २०७४को नियम १३ बमोजिम ११ सदस्य कार्य व्यवस्था परामर्श समिति गठन भएको छ।

समितिको सदस्यमा अम्बरबहादुर विष्ट, नारायण मगर, रेवतीरमण भण्डारी,सिर्जना राई, भूपेन्द्र राई, विद्या  चाम्लिङ, भीम पराजुली र ज्ञानेन्द्र सुवेदी रहेका छन्।

प्रदेश सभा नियवावली २०७४ को नियम १३ बमोजिम सभामुख, अध्यक्ष, उपसमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था छ।

त्यसैगरी ११ सदस्य प्रदेश नियामवाली मस्यौदा समिति गठन भएको छ।

समितिमा गीता तिम्सिना, कमलप्रसाद जगेवु, शोभा चेम्जोङ, केदार कार्की, लीलावल्लभ अधिकारी, गम्वु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, रामदेव यादव र योशदा कायस्थ रहेका छन्।

सभापति बाबुराम गौतमले समितिलाई ३० दिनभित्र मस्यौदा तयार गर्ने समयसिमा दिएका छन।

प्रत्येक नयाँ संसदले आफू संचालन गर्ने नियमावली आफैं बनाउनु पर्ने अभ्यास छ।

त्यसैगरी प्रदेश सभा आजको बैठकमा सरकारले ल्याएको प्रदेश निजामति सेवा अध्यादेश छलफलका लागि पेश भएको छ।

सामाजिक विकास मन्त्री बुद्विकुमार राज भण्डारीले छलफलका लागि प्रस्ताव निर्णायथ पेस गरेका हुन्। उनले पेश गरेको विधेयक सर्वसम्मतले पास भएको छ।

सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखबाट प्राप्त सरकारको कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए।

नेपाली कांग्रेसका संसद केदार कार्की शून्य समय हटाएर सांसदहरुलाई बोल्न पाउने हक अधिकार कटौती गर्न नपाइने मनेर ध्यापध्यापे विधि जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .