प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गठबन्धनको सरकार निर्माणका लागि सहज नभएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री राईले गठबन्धनको सरकार बनाउन सहज नभएको भन्दै आफ्ना सम्पूर्ण भेटघाटका कामहरुलाई थाती राख्दै विराटनगर र काठमाडौंको यात्रा गर्नपरेको सामाजिक सञ्जालबाट उल्लेख गरेका छन्।
‘असोज २२ गतेदेखि सरकारको काम छाडेर जिल्ला बसेको हुनाले कयौं महत्वपूर्ण निर्णय÷काम थाती रहेर बिग्रन लागेको मात्र होइन चुनावी अभियानमा प्राप्त कतिपय मागहरुबारे सम्भव भएसम्म तत्काल निर्णय लिनुपर्ने भएकोले तुरुन्त विराटनगर जानुपर्ने भयो,’ मुख्यमन्त्री राईले भनेका छन्, ‘निर्वाचन आचार सम्हिताले नि बिजय जुलुस, सभा गर्न रोक लगाएकोले भेटघाटमा केही असुबिधा हुन गयोङ्घ
उनले जतिसक्दो आफू छिटो गाउँ आउने प्रतिवद्धता पनि जनाएका छन्।
मंसिर १२, २०७९, साेमबार
प्रतिक्रिया