ad ad

प्रविधि


बेलायत र अमेरिकामा युट्युबभन्दा टिकटक हेर्ने धेरै !

बेलायत र अमेरिकामा युट्युबभन्दा टिकटक हेर्ने धेरै !

नेपालखबर
भदौ २२, २०७८ मंगलबार १४:११, काठमाडौँ

बेलायत र अमेरिकामा मानिसहरु युट्युबभन्दा धेरै टिकटकमा समय खर्चिरहेको एक नयाँ रिपोर्टले देखाएको छ । 

एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीले संकलन गरेको तथ्यांकअनुसार औसत युट्युब र टिकटक हेर्ने मानिसहरुमध्ये धेरैले टिकटकमा समय बिताएको पाइएको हो । 

उक्त कम्पनीले टिकटक लोकप्रिय भइरहेको जनाएको छ । कुल हेर्ने समयमा भने युट्युब नै लोकप्रिय रहेको छ ।

गुगलको स्वामित्वमा रहेको युट्युबका अनुमानित दुई अर्ब मासिक प्रयोगकर्ता छन् भने टिकटकका सन् २०२० को मध्यसम्म ७० करोड प्रयोगकर्ता रहेका थिए । एप एन्नीले एन्ड्रोइड फोनलाई मात्र आधार मानेर यस्तो तुलना गरेको हो । 

उक्त तुलना बेलायत र अमेरिकाको मात्र हो, टिकटकको धेरै प्रयोगकर्ता रहेको चीन यसमा समावेश नभएको बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .