ad ad

प्रविधि


आईफोन १३ यही भदौ २८ गते सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

आईफोन १३ यही भदौ २८ गते सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नेपालखबर
भदौ २३, २०७८ बुधबार १३:३१, काठमाडौँ

प्रविधिसम्बन्धी विश्वचर्चित कम्पनी एप्पलले यही भदौ २८ गते आईफोन १३ सार्वजनिक गर्ने भएको छ। 

एजेन्सीहरुका अनुसार सोसँगै सातौँ शृंखलाका एप्पल वाच पनि सोही दिन भर्चुअल रुपमा सार्वजनिक गरिने कम्पनीले मंगलबार जनाएको हो। 

कोरोना महामारीको प्रभावलाई दृष्टिगत गर्दै कम्पनीले पूर्ण अनलाइन रुपमा नयाँ उत्पादन सार्वजनिक गर्न लागेको एप्पलले जनाएको छ। 

उक्त कार्यक्रमलाई कम्पनीले ‘क्यालिफोर्निया स्ट्रिमिङ’ दिइएको छ। गत वर्ष एप्पलले मुख्य तीन उत्पादन सार्वजनिक कार्यक्रम गरेको थियो। त्यतिबेला उसले एप्पल वाच, आईप्याड, आईफोन र म्याक कम्प्युटर बजारमा ल्याएको थियो। 

कम्पनीका ती उत्पादनले धेरै मुनाफा आर्जन गर्न एप्पल सफल भएको थियो। 

सेप्टेम्बर १४ (भदौ २८) मा कम्पनीले के–के सार्वजनिक गर्नेछ भन्ने चासो बढेको छ। 

सम्भावित विशेषता 
आईफोन १३ मा धेरै नयाँ फिचर, अपग्रेडेड क्यामेरा, नयाँ रंगको विकल्प, नचलेस डिस्प्लेयुक्त अपडेटेट डिजाइनलगायतका विशेषता हुन सक्नेछन्। 

प्रविधि समाचार अनलाइन सीनेटका अनुसार आईफोन १३ शृंखलामा चारवटा फोन सार्वजनिक हुनसक्नेछ। त्यसमा द आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स रहनसक्ने एप्पल विश्लेषक मिंग चि कुओले अनुमान गरेका छन्। 

त्यस्तै आईफोन १३ को मूल्य पनि सुपथ हुने अनुमान गरिएको छ। आईफोन १३ को तुलना पनि आईफोन १२ सँग हुनसक्ने बताइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .