ad ad

प्रविधि


धुवाँ निस्केपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बज्यो खतराको घण्टी

धुवाँ निस्केपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बज्यो खतराको घण्टी

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १६:१९, काठमाडौँ

धुवाँका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा खतराको घण्टी बजेको छ। बिहीबार केन्द्रको रुसी खण्डमा धुवाँ र प्लास्टिक ढडेको गन्ध आएको अन्तरीक्ष यात्रीहरुले जनाएका छन्। 

रुसको अन्तरिक्ष एजेन्सी रसकस्मसले जनाएअनुसार रुसनिर्मित ज्वेज्दा मोड्युलमा ब्याट्री चार्ज गरिरहँदा सो घटना भएको थियो। 

धुवाँ रुसी खण्डबाट अमेरिकी खण्डसम्म पुगेको बताइएको छ। एयर फिल्टर चलाएर हावाको गुणस्तर सामान्य भएपछि अन्तरिक्षयात्रीहरु विश्राममा गएको रसकस्मसले जनाएको छ। 

हाल अन्तरिक्ष केन्द्रमा नासाका मार्क वान्दे हेइ, शेन किमब्रो र मेगन म्याकआर्थर, रसकस्मसका ओलेग नोवित्स्की र प्योत्र दुब्रोब, जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीका  अकिहिको होसिदे र युरोपियन स्पेस एजेन्सीका टमस पास्केट छन्।

बिहीबार नोवित्स्किी र दुब्रोबले ६ घण्टा लामो स्पेस वाक गर्ने योजना छ। सो घटनाका बाबजुद निर्धारित कार्यक्रम अघि बढ्ने जनाइएको छ। 

अन्तरिक्ष केन्द्र पुरानो हुँदै गएको र पछिल्ला वर्षहरुमा अनेक पटक यस्ता घटना दोहोरिएको भन्दै रुसी अधिकारीहरुले हालै चेतावनी दिएका थिए। केन्द्रको हार्डवेयर थोत्रो भएकोले सिस्टम फेल हुनसक्ने उनीहरुको भनाइ छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .