ad ad

प्रविधि


उत्तर कोरिया आफैंले भन्यो : कुन क्षेप्यास्त्र हान्यो र त्यसको विशेषता के हो?

उत्तर कोरिया आफैंले भन्यो : कुन क्षेप्यास्त्र हान्यो र त्यसको विशेषता के हो?

नेपालखबर
असोज १३, २०७८ बुधबार १०:२८, काठमाडौँ

उत्तर कोरियाले मंगलबार  हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ। 

यस मिसाइलको नाम हङसङ–८ भनिएको छ।  

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार यो मिसाइल पञ्चवर्षीय सैन्य योजनाको हतियार प्रणालीअन्तर्गत ‘सबैभन्दा महत्त्वपूर्ण हतियारमध्ये एक’ हो। 

नयाँ मिसाइललाई उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ‘रणनीतिक हतियार’ भनेको छ। 

सामान्यतया रणनीतिक हतियारलाई परमाणु क्षमता भएको हतियार भनिन्छ।

नयाँ मिसाइलको परीक्षणले के देखाउँछ भने उत्तर कोरियाले कडा प्रतिबन्धका बीच पनि लगातार आफ्नो हतियार प्रविधि विकास गरिरहेको छ। 

यही महिनाभित्र मात्र उत्तर कोरियाले तीनवटा मिसाइल (क्षेप्यास्त्र) परीक्षण गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .