ad ad

प्रविधि


१ खर्ब ५० अर्ब डलर माग गर्दै रोहिंग्याले हाले फेसबुकमाथि मुद्दा

१ खर्ब ५० अर्ब डलर माग गर्दै रोहिंग्याले हाले फेसबुकमाथि मुद्दा

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ११:१७, काठमाडौँ

अमेरिका र बेलायतमा रहेका एक दर्जनभन्दा धेरै रोहिंग्या समुदायका मानिसले फेसबुकविरुद्ध एक खर्ब ५० अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। फेसबुकले रोहिंग्या समुदायमाथिको हिंसालाई बढावा दिएको भन्दै उनीहरुले सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर गरेका हुन्। 

सन् २०१७ मा म्यानमारमा रोहिंग्यामाथि भड्किएको हिंसामा अनुमानित १० हजारभन्दा धेरै रोहिंग्या मारिएका थिए। 

फेसबुकको कम्पनी मेटाले भने अहिले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। फेसबुकमाथि ‘वर्षौंदेखि  घृणायुक्त र खतरानक गलत सूचना प्रचार’को अनुमति दिएको आरोप छ।

बेलायतमा रोहिंग्याको प्रतिनिधित्व गरिरहेको ल फार्मले दिएको जानकारीअनुसार फेसबुकमाथि सत्य तथ्यको जाँच गर्ने कर्मचारी नराखेको, समयमा नै सही कदम नचालेको जस्ता आरोप लगाइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सन् २०१३ मा फेसबुकमा राखिएको पोस्टमा भनिएको थियो–हामीले उनीहरुविरुद्ध जसरी हिटलर यहूदीसँग लडेको थियो त्यसैगरी लड्नुपर्छ।

अर्को एउटा पोस्ट यस्तो छ– इन्धन खन्याऊ र आगो लगाइदेऊ ताकि उनीअरुले छिटै अल्लाहलाई भेट्न सकून्। 

फेसबुकमा म्यानमारका २ करोडभन्दा धेरै प्रयोगकर्ता छन्। धेरै मानिसको लागि यो नयाँ सूचना र समाचार पाउने एकमात्र प्लेटफर्म हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .