ad ad

प्रविधि


प्रतिबन्धित कन्टेन्ट नहटाएको भन्दै रुसमा ट्वीटरलाई जरिवाना

प्रतिबन्धित कन्टेन्ट नहटाएको भन्दै रुसमा ट्वीटरलाई जरिवाना

नेपालखबर
पुस ९, २०७८ शुक्रबार १४:३, काठमाडौँ

रुसको एक अदालतले ट्वीटरलाई प्रतिबन्धित कन्टेन्ट नहटाएको आरोपमा करिब ४१ हजार अमेरिकी डलर जरिवानाको फैसला सुनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विभिन्न सामाजिक सञ्जाल कम्पनीमाथि कारबाही गरिरहेको समयमा रुसमा ट्वीटरलाई पनि जरिवाना सुनाइएको हो। 

रुसले यसपटक ठूला प्रविधि कम्पनीमाथि कडाइ बढाएको छ। इन्टरनेटमा नियन्त्रण बढाउने योजनाअनुसार रुसले कडाइ बढाएको हो।

ट्वीटरले भने आफूहरुले अवैध कन्टेन्टलाई कहिले पनि स्थान नदिएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ।

यद्यपि उसले रुसले लगाएको जरीवानाको विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन। त्यस्तै अदालतले माइक्रोसफ्टले खरिद गरेको गिटबिट कम्पनीमाथि पनि सोही प्रकृतिको मुद्दामा करिब १४ हजार डलर जरिवाना लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .