ad ad

प्रविधि


टेनसेन्टले बेच्यो ३ अर्ब डलरको शेयर

टेनसेन्टले बेच्यो ३ अर्ब डलरको शेयर

नेपालखबर
पुस २१, २०७८ बुधबार १०:१, काठमाडौँ

चिनियाँ प्रविधि कम्पनी टेनसेन्टले ३ अर्ब अमेरिकी डलरबराबरको शेयर बिक्री गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सिंगापुरको ई–कमर्स कम्पनी सि लिमिटेडलाई टेनसेन्टले प्रतिकित्ता २०८ डलरको दरले १ करोड ४५ लाख कित्ता शेयर बिक्री गरेको हो।

मंगलबार भएको यो कारोबारको विषयमा टेनसेन्टले भने कुनै प्रतिक्रिया दिएको छैन। 

आफ्नो शेयर बिक्री गरेसँगै सि कम्पनीमा टेनसेन्टको हिस्सेदारी २१.३ बाट १८.७ प्रतिशतमा झरेको छ।

टेनसेन्टले सि कम्पनीले दीर्घकालका लागि बहुमत शेयर आफ्नो राख्ने योजनामा रहेको बताउँदै आएको थियो। 

यसअघि टेन्सेन्ले जेडी डटकमको १६ अर्ब ४० करोड कित्ता शेयर बिक्री गर्नसक्ने बताएको थियो।

चीनले पछिल्लो समय प्रविधि कम्पनीमाथि बढाएको नियमन तथा ई–कमर्स कम्पनीसँगको चिसिँदो सम्बन्धको कारण टेनसेन्टले यस्तो बताएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .