ad ad

प्रविधि


गोपनीयता र सुरक्षासम्बन्धी मुद्दा सुल्झाउन ट्वीटर १५ करोड डलर बुझाउन सहमत

गोपनीयता र सुरक्षासम्बन्धी मुद्दा सुल्झाउन ट्वीटर १५ करोड डलर बुझाउन सहमत

नेपालखबर
जेठ १२, २०७९ बिहिबार १०:२, काठमाडौँ

ट्वीटरले अमेरिकामा गोपनीयता र सुरक्षासम्बन्धी मुद्दा सुल्झाउन १५ करोड अमेरिकी डलर जरिवाना तिर्ने भएको छ।

विज्ञापन प्रयोजनका लागि फोन नम्बरलगायतका व्यक्तिगत सूचना दुरुपयोग गरेको आरोपमा ट्वीटरमा मुद्दा खेप्दै आएको थियो।  

बुधबार अदालतको एक विवरणका अनुसार ट्वीटर आफूमाथिको मुद्दा सुल्झाउन १५ करोड डलर बुझाउन सहमत भएको हो।

ट्वीटरमाथि दायर भएको मुद्दामा कम्पनीले सन् २०१३ देखि २०१९ को बीचमा प्रयोगकर्ताहरुको विवरण दुरुपयोग गरेको उल्लेख छ।

ट्वीटरसँग भएको सम्झौताअनुसार उसले जरिवाना तिर्नुका साथै आगामी दिनमा आफ्नो सेवामा पनि सुधार गर्दै लैजानुपर्ने हुन्छ। 

ट्वीटरले प्रयोगकर्ताको खाताको सुरक्षाको लागि भन्दै उनीहरुको फोन नम्बर र इमेल लिने गरेको छ।

तर, उसले उक्त विवरणको सुरक्षामा भने ध्यान नदिएको अभियोजकको आरोप छ। यसअघि फेसबुकले यस्तै मुद्दामा जरिवाना बुझाइसकेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रयोगकर्ताको विवरणको सुरक्षाबारे चासो तथा चिन्ता बढेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .