प्रविधि


‘अमेरिकी सञ्जालबाट हुवावे र जेडटीईका उपकरण हटाउन ३ अर्ब डलर चाहिन्छ’

‘अमेरिकी सञ्जालबाट हुवावे र जेडटीईका उपकरण हटाउन ३ अर्ब डलर चाहिन्छ’

नेपालखबर
साउन १, २०७९ आइतबार १३:७, काठमाडौँ

अमेरिकी दूरसञ्चार नियामकले अमेरिकालाई चिनियाँ कम्पनीहरु हुवावे र जेडटीईका सबै उपकरण सञ्जालबाट हटाउन थप ३ अर्ब अमेरिकी डलरबराबरको अर्च आवश्यक पर्ने बताएको छ।

यससँगै समग्रमा अमेरिकालाई यी कम्पनीको उपकरण हटाउन ४ अर्ब ९८ करोड डलर लाग्ने देखिएको छ। 

यी सबै विवरण अनुमानित रहेको समाचार संस्था रोयटर्सले बताएको छ। 

अमेरिकी संसदले उक्त उपकरणहरु हटाउन १ अर्ब ९० करोड डलरबराबरको रकम विनियोजन गरिसकेको अवस्थामा ३ अर्ब ८ करोड डलरको अभाव देखिएको हो। 

अमेरिकाले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै चिनियाँ दूरसञ्चार कम्पनीको उपकरणमा प्रतिबन्धको निर्णय गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .