ad ad

प्रविधि


भारतले प्रक्षेपण गर्‍यो अहिलेसम्मकै भारी रकेट

भारतले प्रक्षेपण गर्‍यो अहिलेसम्मकै भारी रकेट

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ८:५४, काठमाडौँ

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आइतबार अहिलेसम्मकै सबैभन्दा धेरै तौलको रकेट प्रक्षेपण गरेको छ।

इसरोले श्रीहरिकोटाबाट जीएसएलभी एमके–३ प्रक्षेपण गरेको हो। भारतीय समयअनुसार रातको १२ बजेर ७ मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको हो। सतीश धवन स्पेन सेन्टरबाट यो रकेट प्रक्षेपण गरिएको हो। 

एलभीएम३–एम२ नाम दिइएको रकेटमा ३६ वानवेब स्याटेलाइट छन्। यो रकेट ४३.५ मिटर लामो र ६४४ टन तौलको छ। यो रकेट ८ हजार किलो वजन बोक्न सक्ने क्षमताको छ। वानवेब एक निजी स्याटेलाइट कम्पनी हो। यो कम्पनीमा भारतको पनि ठूलो हिस्सा रहेको छ। 

न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल)ले पहिला इसरोको एलभीएम३ बोर्डमा वानवेबका लागि स्याटेलाइट प्रक्षेपण गर्न लण्डनस्थित नेटवर्क एक्सेस एसोसिएटेड लिमिटेडसँग दुई रकेट प्रक्षेपणको सम्झौता गरेको थियो।

यो रकेट प्रक्षेपण एलभीएम३को पहिलो व्यावसायिक मिसन हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .